सप्तरी। सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ११ गोरपार एक घरमा आगोलागी भएको छ। अर्जुन मण्डलको घरमा विद्युतको तार सर्ट भई आगोलागी भएको हो।
बुधबार दिउँसो भएको आगोलागीबाट मण्डलको गोठ र छिमेकी टेक नारायण मण्डलको घर समेत जलेको छ। आगोलागीबाट करिब ८ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगोलागी नियन्त्रणमा लिइएको थियो।