काठमाडौं। मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा छोडिएको पानी सुन्दरीजल आइपुगेको हो।
अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ पार गरेर ८ दिनमा अम्बाथानबाट पानी सुन्दरीजल आइपुगेको छ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रकाअनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर–घरमा पठाइनेछ।
पानी सफा हुन केही समय लाग्ने छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी गराइसकेको केन्द्रले जनाएको छ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने चेतावनीसमेत दिइरहेका छन्।