काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थिति १३२/११ केभी बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ। सबस्टेसनमा समस्या आएपश्चात त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउसोबाट विद्युत आपूर्ति बन्द भएको छ।
विद्युत प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो। प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकले ट्रान्सफर्मर वदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताएका छन्। उनले रातभरी मर्मतको काम गरि बुधबार सम्ममा विद्युत आपुर्ति सुचारु गर्ने कुरा जानकारी दिएका छन्।