काठमाडौं। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आर्कषणको केन्द्र निर्माण गर्ने बताएकी छिन्। शुक्रबार ज्ञानेश्व सामुदायिक उपभोक्ता समूहको २३ औ साधारण सभालाई सम्बोधन गर्दै उनले जल, जमिन र वनको संगम ज्ञानेश्वलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने बताएकी हुन्।
‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,उनले भनीन,,‘तटबन्धनको काम पनि सुरु भइसक्यो । तटबन्धनसँगै कंक्रिट पर्खाल र बाटो बन्छ । त्यपछि पर्यटक आउने क्रम बढेर जान्छ ।’ ज्ञानेश्वर (सानो गढी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्न भरतपुर महानगरपालिकाले पहल गर्ने बताइन्।
मेयर दाहालले ज्ञानेश्वरमा मिनी जु निर्माण गर्न संघिय सरकारसँग बजेटको माग भएपनि पछिल्लो समयमा कटौती हुन पुगेकाले जु निर्माणको काम रोकिएको उल्लेख गरिन । अर्को आर्थिक वर्षमा जसरी पनि बजेट ल्याउने प्रतिवद्धता व्यक्त गगरिन् । उनले ५ वर्ष ज्ञानेश्वर सामुदायिक क्षेत्रमा भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरपालिकाले करिब १ करोड बढी बजेट विनियोजन गरेको स्मरण गगरिन्।
ज्ञानेश्वर क्षेत्रमा मानव र वनजन्तुको द्धन्द्ध न्युनिकरणको लागि मेसजाली फाउण्डेशनको लागि रु ३५ लाख विनियोजन भई अब केही समयभित्रै टेण्डर प्रकृया अगाडि बढाइने जानकारी दिईन् । ज्ञानेश्वर वन क्षेत्र भरतपुरको ७ मुख्य पर्यटकीय क्षेत्र मध्ये एक गन्तव्य हो । ज्ञानेश्वर क्षेत्रलाई सानो गढीका रुपमा पनि चिनिन्छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट कम दुरीमा पर्ने भएकाले यहाँ वनभोज तथा अन्य पर्यटकीय गतिविधिका लागि मानिसहरु यहाँ जाने गर्दछन् ।