काठमाडौं । श्रीलंकाले लुम्बिनीमा अस्पताल निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । स्कटल्याण्डको ग्लास्गोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।
श्रीलंकाका राष्ट्रपति राजापक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति राजापक्षको इच्छामा प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सदभाव रहने बताए ।
भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुईपक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ ।