चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरभित्र निर्माणाधीन आयोजनाका काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई अल्टिमेटम दिएकी छन्।
भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच छलफल गरी मेयर रेणुले कुन काम कति गते सक्ने भन्ने समय नै तोकिदिएकी छन्।
छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिवद्धता समेत जनाएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ।
धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५ सय ५० मिटर सडक पुष ३ गतेसम्म बेस कोर्स पूरा गरी पुषको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ।
साथै निर्माणधिन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य १ महिनाभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउन मेयर रेणुले निर्देशन दिएकी छन् भने काम पूरा गर्ने प्रतिबद्धता समेत निर्माण कम्पनीले गरेको छ।
यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथ अन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ।
अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे भरतपुर महानगरले नियमानुसार कारबाही प्रकृया अगाडि बढाउने चेतावनी समेत दिएकी छन्।
छलफलका निर्णयहरू:
