कावासोती। पूर्वी नवलपरासीको देवचुली – ९ विशालटारस्थित घुमाउरी वनभोजस्थलमा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ। उक्त स्थलमा वाईफाई जडान भएपछि आन्तरिक पर्यटकको भीड बढ्न थालेको हो।
जाडो मौसममा वनभोज जाने समय भएकाले पर्यटकहरु आउन थालेका संस्थाले जनाएको छ। घुमाउरी वनभोजस्थलमा पर्यटकहरुलाई आकर्षित गर्न पार्कको सबै भागमा पूर्णरुपमा वाईफाई चल्ने गरी व्यवस्था मिलाइएको छ।
उक्त स्थलमा नवलपुर जिल्लासहित बाहिरी जिल्लाबाट पनि रमाइलो गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । गतवर्ष घुमाउरी वनभोजस्थलले करिब आठ लाख रुपियाँ आम्दानी गरेको व्यवथापन समितिले जनाएको छ।