काठमाडौं। नेपाल स्काउटले लैनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ। खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत जग्गा भोगचलन गर्दै भन्दै स्काउटले १५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ।’
लैनचौरस्थित खानी विभागसँग जोडिएको ३ रोपनी जग्गा तथा पार्किङस्थल खाली गर्नुपर्ने पनि स्काउटको भनाइ छ।
२०७९ असार १३ को उच्च अदालत पाटनको फैसाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ।
खड्का प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो। २०७५ सालदेखि सम्झौता मिति सकिएको छ।