काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ८ मानेस्वाँरा घुडेस्थित सिताराम आधारभूत विद्यालयको भवनसहित निर्माणाधीन पर्यटकीयस्थल घुडे बुद्ध भ्यूपार्कमा तोडफोड गरिएको छ। उक्त स्थनमा बुधबार तोडफोड गरिएको हो।
नगरपालिकाका अनुसार घुडे बुद्धपार्कको पदमार्गका पोल, विद्यालय भवनको पर्खाल, जस्तापाता, ट्यांकी लगायतका संरचनामा अज्ञात समूहले क्षति पुर्याएको छ। स्थानीयबाट पाएको सूचनाको आधारमा मादक पदार्थ सेवन गरेका युवाले गरेको अनुमानमा तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको नगरपालिकाले जनाएको छ।
जिल्लाको सदरमुकाम चौताराबाट करिब ७० किलोमिटरको दुरीमा रहेको दुर्गम घुडेसम्म कच्ची सडक जोडिएको छ । दुर्गम घुडे गाउँ इलाका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ।