काठमाडौं। नेपालगञ्ज विमानस्थलभीत्र रहेको रनवे दायाँबायाँको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। धावनमार्ग क्षेत्रमा बढेको झाडी र बुट्यानमा बस्ने बन्यजन्तु पटकपटक जहाजसँग ठोकिने क्रम बढ्न थालेपछि बुधबार सरसफाइ सुरु गरिएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य खत्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १ सय ५० जना जनशक्तिलाइ सरसफाइमा अटाइएको जानकारी दिए। उनका अनुसार यो काम नेपाल नागरीक उड्डयान प्राधिकरणले आफ्नो बजेटबाट गर्नुपर्ने हो तर पटकपटक जहाँजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि तत्कालनै सरसफाइ गर्नुपरेको हो। नेपालगञ्ज विमानस्थलको सुरक्षा लापरबाहीले गर्दा पटकपटक यस्ता जोखिम बेहोर्नुपरेको छ।
विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग रहेको छ। धावनमार्ग वरीपरी बाक्लो झाडी रहेको छ। जहाँ विभिन्न प्रकारका वन्यजन्तुले बास्यस्थान बनाएका छन्। यस विमानस्थलबाट काठमाडौंको लागी मात्र दिनहुँ आधा दर्जन भन्दा माथी उडान हुन्छन्। विमास्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्राय जहाजले जोखिमपुर्ण यात्रा गर्नुपरेको छ। विमानस्थलमा पटकपटक वन्यजन्तुसँग जहाज ठोकीन पुगेको कारणले झन समस्या भएको हो।