काठमाण्डौं । रसुवामा निर्माण भइरहेको २१६ मेगावाटको जलविधुत आयोजनाले कर्मचारीको आवस्यकता भएको हुँदा करिब ४० जना कर्मचारीको माग गरेको छ ।
साईट मेनेजरदेखि अनुवादक जस्ता विभिन्न पद २० वटा विधामा कर्मचारी माग गरेको सो आयोजना भर्खरै निर्माणको काममा गएको हो ।
साइट मेनेजर , स्वास्थ्य सुरक्षा मेनेजर , एकाउन्ट अफिसर , प्राविधिक , मेकानिकल इन्जिनियर जस्ता धेरै विधामा उक्त आयोजनाले कर्मचारीको लागी आवेदन माग गरेको छ ।
आवेदनमा कम्तिमा ५ देखि १५ वर्ष सम्म कामको अनुभव र सम्बन्धित विषयमा स्नातक तह सम्म उतिर्ण भएको हुनुपर्ने कर्मचारी माग गरेको आयोजनाले एक वर्षको लागी करारमा कर्मचारी माग गरेको र तलब सुविधा भने आपसी सहमतिमा दिने जनाएको छ ।
उक्त आयोजनाको निर्माण सुरु विश्व बैंक समुहका साथै अन्य वित्तीय संस्थाहरुको लगानीमा गरिएको हो ।