काठमाडौं। कालिका कन्स्ट्रक्सन र यस कम्पनीका एक ग्रेडर चालकमाथि ज्यान मार्ने उद्योगसम्बन्धी लागेको मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। धनगढीमा कालिका कन्स्ट्रक्सनको ग्रेडरको ठक्करबाट मृत्यु भएकी चेतना साउँदको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको हो।
४ दिनपछि सबै अनुसन्धान पूरा गरेर सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी भइरहेकको प्रहरीले जनाएको छ।
गत मंसिर १५ गते धनगढीमा पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने बालिका साउँदको बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। बालिकालाई कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले च्यापेको थियो।
गत मंसिर १६ गते मृतकका बालिकाका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका थिए।
चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि मात्रै शव बुझ्न तयार भएका थिए। चालकको लापरवाहिका कारण बालिकाको ज्यान गएको भन्दै विद्यार्थी र आफन्तले दुई दिनसम्म प्रदर्शन समेत गरेका थिए।
चालक र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
याे पनि:
कालिका कन्स्ट्रक्सनविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा