दोलखा। दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा भिरबाट खसेर एक मजदुर बेपत्ता भएका छन्। बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट खसेर बेपत्ता भएका हुन्।
कैलालीको घोडाघोडी नगरपालिका–५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ। घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए।
नासा हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेका थिए। प्रहरीका अनुसार उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन।