म्याग्दी। मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको छ।
एक सय २० मिटर लम्बाइ र चौडाइ ७१ मिटर भएको पालिकास्तरीय खेल मैदान निर्माण गरिएको हो ।
यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताए। प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्त्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याइने कँडेलले बताए ।
उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।
मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा एक सय २० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको कँडेलले बताए ।