फाइल तस्बिर
काठमाडौं। नेपाल टेलिकमले सोलुखुम्बुको विभिन्न चार स्थानमा फोरजी टावर बनाउने भएको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिकाको कोलाम डाँडा, सोताङ गाउँपालिका दिम्बल डाँडाको पाथीभरा र चेपेल धर्मडाँडाको थलाखम डाँडा र थुलुङ दुधकोशीको गाउँपालिकाको जालिम डाँडामा फोरजी टावर निर्माण हुने भएको हो।
नेपाल टेलिकम ओखलढुंगाका वरिष्ठ इन्जिनियर धर्म महर्जनको नेतृत्वमा एक सर्वे टोली टावर निर्माण स्थानमा पुगेको छ । सर्वेको सम्पूर्ण काम सम्पन्न भईसकेका कारण एक महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित आउँदो माघबाट काम सुरु गरिने नेपाल टेलिकम सोताङले जनाएको छ।
उल्लेखित क्षेत्रमा फोरजी टावर निर्माण भएपछि जिल्लाको अधिकांश क्षेत्रसँगै छिमेकी जिल्ला खोटाङको केही क्षेत्रमा समेत फोरजीको पहुँच पुग्नेछ ।