काठमाडौं । अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । गत कात्तिक पहिलो साता परेको अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध भएको सडक १५ दिनपछि सञ्चालनमा आएको हो ।
हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
पहिरोका कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङ्गा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।
सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो ।