बाग्लुङ । मध्यपहाडी लोकमार्ग बाग्लुङ खण्डमा अवस्थित उपल्लाचौरदेखि बोक्से खाल्टो सम्मको सडक निर्माण कार्य धेरै पहिलेदेखि अलपत्र परेको थियो त्यसैले यसलाई दशैंअघि कालोपत्रे गर्ने तयारी भईरहेको छ । ठेकेदार कम्पनीले सडक कालोपत्रेको लागी आवश्यक पर्ने जनशक्ति, सडक सव बेस साथै आवश्यक कच्चा पदार्थहरुको काम सकिसकेको र दशैं अघिसम्म उपल्लो चौरदेखि अक्षेतेसम्मको साढे तीन किलो सडकको कालोपत्रे सक्ने गरी संरचना निर्माण गरेको छ ।
मनसुन छिटो सक्रिय भएको कारणले वर्षाअघि नै सक्नुपर्ने कालोपत्रेको काममा प्रभावित भएको साथै सोही समयमा नाली निर्माण, ग्याविनवाल निर्माण,सडकमा खसेको पहिरोको कटान आदि काम गरी यस्ता क्षेत्रमा सवारी सञ्चालन हुन सक्ने गरी सडकको मर्मत गरेको कुरा उपल्लाचौर–अक्षते खण्डको निर्माण कम्पनी भारतरसिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजरले वताएका छन् ।
एमपी/एससिएफ/इसिसिले अक्षतेदेखी घोडाबाँधेसम्म २५ किलोमिटर सडक भएता पनि १२ किलोमिटर सडकको कालोपत्रेको जिम्मा लिएको छ । उक्त क्षेत्र कालोपत्रे भएपछि बाँकि रहेको क्षेत्र कालोपत्रे गर्ने छ । तल्लो खण्डमा सडक विस्तार र कालोपत्रे गर्न वोक्सेको वर्षेनी जाने पहिरो लगाएत सडकको बिचबिचमा घर र खानेपानीको पाइप भएको कारणले समस्या परेको छ ।
सडकभन्दा माथि रहेको बस्तीका स्थानीयले सडक बिग्रनेगरी सडकतर्फ लुकिछिपि पानी लगाउने हुदा वाक्से खण्डमा वर्षेनी पहिरो समस्या बढेको हो । उक्त पहिरो रोकथामको लागी चेकड्यामको निर्माण गर्नुपर्ने साथै आरसीसी ढलान पनि गर्नुपर्ने भएको कारणले गर्दा अझ दुई करोड वढि खर्च लाग्ने अनुमान रहेको छ ।
भारत÷सिद्धिसाई जेभीले उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड १३ किलोमिटर सडक कालोपत्रे दुई वर्षभित्र पुरा गर्ने सम्झौताको साथ ठेक्का लिएको थियो तर खानेपानीको पाइपको ब्यवस्था हुन नसक्दा र सडकको विचमा घर भएको र स्थानीयबासीहरुले मुआब्जामा जान नमानेको कारणले गर्दा कालोपत्रेको लागी समस्या सीर्जना भई निर्माण कार्यमा ढिलाई भएको हो ।