काठमाडौं। गोदावरीदेखि शिवपुरीसम्मको साइकल लेन छुट्याउने अवधारणा अघि बढेको छ। ललितपुर महानगरपालिकाले गोदावरी नगर, काठमाडौं महानगर र बूढानीलकण्ड नगरको अन्तरपालिका सहकार्यमा साइकल लेन छुट्याउने अवधारणा अगाडि बढेको हो।
यो साइकल लेनको करिब ४५ किलोमिटर दूरी हुने छ। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गोदावरी र बूढानीलकण्ठ नगरपालिका साइकल लेनका लागि सकारात्मक रहेको र काठमाडौँ महानगरपालिकाले थप अध्ययन गर्न बाँकी रहेको जानकारी दिएका छन्।
ललितपुर महानगरपालिका आफैँले महानगर क्षेत्रभित्र लगनखेल, जावलाखेल, पुल्चोक, ज्वागललगायतका क्षेत्रमा गरी ३२ किलोमिटर सडकमा साइकल लेन छुट्याइसकेको छ।