काठमाडौं। दरबारमार्गको एक लाइन पार्किङ हटाइएको छ।काठमाडौं महानगरपालिकाले मंगलबारदेखि बाटो खुला बनाउन भन्दै दरबारमार्गको एक लाइन पार्किङ हटाएको हो।
दरबारमार्ग क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। माथिबाट आदेश आएसँगै ट्राफिक प्रहरीकै समन्वयमा पार्किङ हटाएको नगर प्रहरीले जनाएको छ।
तर महानगरले पार्किङ हटाए पनि महानगरले यसबारे कुनै पनि लिखित निर्णय र आदेश जारी गरेको छैन। त्यहाँको व्यापारलाई असर नपर्ने भनी स्थानीयले सहयोग गरे कार्यान्वयनको प्रक्रिया अगाडि बढ्ने महानगरकाे तयारी छ।
अहिले मौखिक रूपमा छलफल गरी कार्यान्वयनमा प्रक्रिया अगाडि बढेको बताइएको छ।
तर पार्किङ हटाएसँगै स्थानीय व्यवसायीले भने आपत्ति जनाएका छन्। उनीहरुले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा ध्यानाकर्षण समेत गराइसकेका छन्।
पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर विस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकरात्मक असर गर्ने उनीहरुको भनाइ छ।
ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं महानगरपालिकासँग विगतमा भएको सहमति अनुसार एक लाइन पार्किङ गर्न पाउनु पर्ने व्यवसायीको माग छ ।