सुर्खेत। कोहलपुर सडकखण्डअन्तर्गत रत्न राजमार्गको छिन्चुमा स्थानीयले सडक अवरुद्ध गरेका छन्।
मिनी ट्रकले बिहीबार मोटरसाइकललाई ठक्कर दिँदा छिन्चुका स्थानीयको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्। दुर्घटनापछि मिटी ट्रकधनी सम्पर्कमा नआएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेको सुर्खेत प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि सुर्खेतबाट बाहिर कोहलपुर, नेपालगन्ज, कैलाली, बर्दिया, दाङ जाने र आउने यात्रुवाहक सवारी र मालवाहक सवारी सबै रोकिएका छन्। उक्त मिनी ट्रकधनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको र अवरुद्ध सडक खोल्न पीडित परिवारसँग कुराकानी भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते भएका भेरीगंगा नगरपालिका–१२ बस्ने २८ वर्षीय रविन रानामगरको उपचारका क्रममा मृत्यु भएको थियो। स्कुटीमा सवार सोही ठाउँका ३२ वर्षीय रानी राना घाइते छन्। उनी सिकिस्त छिन् र कर्णाली प्रदेश अस्पतालमा उनको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।