गोरखा। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको गोरखा खण्डको काममा रुखका कारण ढिलाई भएको छ। सडकको दायाँबायाँको रुख काट्नेबारे लामो समयदेखि निर्णय नहुँदा मापदण्ड अनुसार अनुसार सडक निर्माण गर्ने कार्य राकिएको हो। वन कार्यलय र आयोजनाले सर्भे गरेर कस्ता खालको रुख, कति काटिन्छ भन्ने विवरण गत चैतमा नै पठाईसकेको कुरा आयोजनाको गोरखास्थित सूचना अधिकारीले बताएका छन्।
वन मन्त्रालयले विभागमा पठाएको फाइल हाल मन्त्रालयमा आइपुगेको छ। मन्त्रीपरिषद्बाट, निर्णय हुन बाँकी भएको कारणले रुख काट्ने काम सूरु भएको छैन्। सडकबाट रुख नहटाउँदासम्म निर्माण व्यवसायीलाई काम नगर्ने बाहाना मिलेको कुरा आयोजनाको गोरखास्थित सूचना अधिकारीले जानकारी दिएका छन्। सो क्षेत्रको निर्माण कार्य ७ वर्ष अगाडी नै सुरु भएको हो। २०७१/७२ सालमा ४ वटा प्याकेजमा ठेक्का लागेको ६३.३७ किलोमिटर सडक खण्डमध्ये आरुघाटदेखि ओख्ले खण्डको १३ किलोमिटर र ओख्लेदेखि खहरे १६ किलोमिटरबाट निर्माण सु्ररु भएको हो।
हाल आरुघाट–ओख्ले सडकमा ८५ प्रतिशत काम सम्पन्न भएको छ भने खहरेसम्म ६० प्रतिशत मात्रै काम भएको सुचना अधिकारीले जानकारी गराएका छन्। खहरेञ्मसानेठाँटी खण्डको १२.५ किलोमिटरको करिब ३० प्रतिशत र मसानेठाँटी–ठाँटीपोखरीसडकको करीब १५ प्रतिशत प्रगति भएको छ। यी दुवै २०७६/७७ बाट सुरु भएको योजना हो। यस खण्डमा सबैभन्दा धेरै रुख परेको हुनाले कामले गति लिएको छैन्। त्यस्तै यो भन्दा अगाडी भालुस्वाँरा सडक आयोजनाले पनि सो खण्डमा रुख धेरै भएकोले स्तरोन्नती गर्न सकेको थिएन्। हाल सोही क्षेत्रमा मध्यपहाडी लोकमार्ग परेपछि रुख काट्ने काम सुरु भएको हो।
साना ठुला गरी आरुघाटदेखि गोरखा र लमजुङको सिमानामा पर्ने मादी पुलसम्मको दायाँबाँया गरी ३ हजार ८७ वटा रुख काटिने कुरा डिभिजन वन कार्यलय गोरखाका सुचना अधिकारीले जानकारी गराएका छन्। सो सडक खण्डमा १० वटा सामुदयिक वनको रुखहरु पर्ने भएकाले वन कार्यलयले रुखको गणना गरेर वन तथा भु–संरक्षण विभागमा पठाइसकेको छ। वन डिभिजनले पठाएको विवरण अनुसार ३ सय १९ रुख, ८ सय ९६ पोल आकारको रुख, र १ हजार ६ सय ४२ लाप्रा रुख काट्नुपर्ने छ। सो रुख काट्न विभागले मन्त्रिपरिषद्मा पेस गरेर निर्णय भएपछि मात्रै मिल्ने वन डिभिजनले जनाएको छ।