तनहुँ। तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिकामा रहेको अस्पताललाई एक सय शय्या क्षमताको बनाउन पहल गरिएको छ। १५ शय्याको आबुखैरेनीलाई एक सय शय्याको बनाउन नगरपालिकाले पहल थालेको हो।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए। त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको चुमानले उल्लेख गरे ।
गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । तीनवटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको अध्यक्षले बताएका हुन्।
गाउँपालिकाले मङ्सिर १ देखि आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए ।