काठमाडौं। वर्षौंदेखि अलपत्र जोरपाटी–सुन्दरीजल सडक कात्तिक २७ र २८ गते पिच हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गर्दै सडक पिच गर्ने जनाएको हो।सडकलाई बलियो र मजबुत बनाउन एक हप्ता सडक सुक्खा राख्नुपर्ने भएकाले नगरपालिकाले सडकमा पानी नहाल्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। सो सडक नगरपालिकाले नै पिच गर्ने भएको छ।
सो सडक खण्डको ७ किलोमिटर निर्माणका लागि आशिष र सिएम जेभीसँग २०७३ सालमै २०७५ साल असोज महिनामा काम सक्ने गरी करिब ५४ करोड लागतमा ठेक्का सम्झौता भएको थियो। सम्झौता मिति सकिएको तीन वर्ष बित्दा पनि कामले गति लिन सकेको थिएन। सडक अस्तव्यस्त हुँदा अहिले पनि सवारीसाधन जाम हुने र सडक धुलाम्मे हुने समस्या रहेको छ। त्यसैले हाल सडक कालोपत्रे गर्न लागिएको हो।