काठमाडौं। अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ। मंगलबार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि स्थानीबासीले ठप्प पारेको राजमार्गमा बुधबार बिहानदेखि सवारी साधन सञ्चालन सुरु भएको हो।
हत्यामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। सडक खुलेपछि बिहानैदेखि रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्।