काठमाडौं। बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग पुनः सञ्चालन गर्न प्रयास सुरु भएको छ। २४ दिनदेखि अवरुद्ध राजमार्ग खुलाउन काम सुरु भएको हो।
असोज ३१ देखि कात्तिक ३ सम्म आएको अविरल वर्षा र सेती नदीमा आएको बाढीले सडक बगाउँदा चैनपुर जोड्ने राजमार्ग अवरुद्ध भएको थियो। दुई ठाउँमा अवरुद्ध भएको सडकको केदारस्युँ गाउँपालिकाअन्तर्गत नारुगौडाको बाटो नेपाली सेनाले खोलिसकेको छ भने जाले बगरमा डाइभर्सनको गर्न थालिएको छ।
तमैलनजिकै रहेको जाले बगरको सडक सेतीले भत्काउँदा ठूलो क्षति भएको थियो। झण्डै ४ सय मिटर सडक भत्किएपछि तमैल चैनपुर सवारीसाधन सञ्चालन हुन सकेका छैनन्अवरुद्ध राजमार्ग सञ्चालन गर्न सेती नदीको डाइभर्सन गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्।