काठमाडौं। सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो जाँदा दूधकोशी नदीको बहाव परिवर्तन भएको छ।
करिब २५ मिटर चौडाइको सुख्खा पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएर खोटाङको हलेसी तुवाचुङ नगरपालिकातिर पर्ने जंगल क्षेत्र भएर नदी बगेको र अझै एक स्टेप पहिरो खसेमा रिब्दुम वस्तीका करिब १२ घर जोखिममा पर्न सक्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले जानकारी दिएका छन्।
सोलु करिडोरको उँबुको चुनै भन्ने ठाउँ नजिकमा कात्तिकमा बेमौसमी रुपमा परेको अविरल वर्षापछि पहिरो झर्दै आएपनि मंगलबारदेखि मात्रै दूधकोशी नदीको बहाव नै परिवर्तन हुने गरी सुक्खा पहिरो खसेको हो। पहिरो गएर बाटो अवरुद्ध हुँदा वडा नम्बर ३ का साथै, वाक्सा, मोली, सिद्धिचरण, हलेसी र रावाबेसी क्षेत्रका बासिन्दालाई मुख्य बजार जयरामघाटसम्म आउजाउ गर्न निकै समस्या परेको छ।