कपिलवस्तु। कपिलवस्तुको मायादेवी गाउँपालिकामा निर्माणाधीन अस्पतालको निर्माण कार्यले गति लिएको छ। मायादेवी गाउँपालिका–७ हरनामपुरमा निर्माणाधीन १५ शैय्याको अस्पतालको काम हालसम्म ७० प्रतिशत पूरा भएको हो।
२०७८ साल देखि निर्माण कार्य सुरु भएको भवनको ७० प्रतिशत काम सम्पन्न भएको पालिकाले जनाएको हो। डेढ वर्षअघि नै सुरु भएको अस्पताल निर्माणको कामले यो वर्षदेखि गति लिएको पनि पालिकाले जनाएको छ ।
२०८० सालमा सम्पन्न गर्ने गरी अस्पतालको भवन निर्माण गर्न १३ करोड ४६ लाखको लागतमा कमल जित अकृती पन्त जेभी कुपोन्डोल ललितपुर प्रालिसँग सम्झौता भएको थियो ।
यस क्षेत्रमा १५ शय्याको अस्पताल निर्माण भएपछि विकट क्षेत्रका नागरिकले सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।