काठमाडौं। जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डमा पुनर्निर्माण सुरु गरिएको छ। कात्तिकको पहिलो सातामा आएको वर्षासँगैको बाढीले कटान गरेको उक्त सडक खण्डको निर्माण सुरु गरिएको हो।
बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको छ। सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीलेका अनुसार अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४ सय मिटर सडक पुरै कटान गरेको छ। मान्छे हिड्ने बाटो समेत नभएका कारण ताम्ती क्षेत्रका नागरिकलाई खाद्यन्न ओर्सान आवत जावत सहज गर्न ट्याक्टर, जीप सञ्चालन हुने गरी कटान भएको सडक खण्ड तत्काल निर्माण सुरु गरिएको हो।
त्रिवणीदेखि ताम्तीसम्मको ४ सय मिटर कटान भएको सडकमा पर्खाल निर्माण गरिने भएको छ। सडकको ट्रयाक खोल्ने काम सरु भएको इन्जिनियर भण्डारीले बताए। कटान भएको ४ मिटर क्षेत्रमा पर्खाल निर्माणका लागि गत आवको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ। सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार भेरीखोला क्षेत्रका नागरिकको आवत जावतलाई सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई द्रूत गतिमा अघि बढाइएको हो।
जुम्ला–जाजरकोट रारा राजमार्गको विभिन्न भागमा अवरुद्ध भएको छ। सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले सडक स्तरवृद्धि तथा निर्माण, अवरुद्ध सडक सुचारु, नयाँ सडक निर्माण, पुल निर्माणलगायत अन्य पूर्वाधार विकासका कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य लिएर काम सुरु गरिने बताए।