सिन्धुली। सुनकोशी गाउँपालिका–१ ले स्थानीयलाई पानी ट्यांकी वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर १ वडा कार्यालयले स्थानीयलाई पानीको ट्यांकी वितरण गरेको हो ।
चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वडा सरकारले २५ घरधुरीलाई ५०० र १००० लिटरको पानीको ट्यांकी वितरण गरेको छ। वडाबासीलाई पानीको सुविधा दिनको लागि वडा कार्यालयले सो सामग्री वितरण गरेको बताइएको छ ।
एक समारोहको आयोजनामा गाउँपालिका अध्यक्ष दीपा बोहोराको उपस्थितिमा सो सामग्री वितरण गरेको हो । वडा कार्यालयले पानीको ड्रम खरिद गरी वितरण गरिएको जनाइएको छ ।