काठमाडौं। टोखा नगरपालिका–८ वडा कार्यालयले नगरबासीलाई कपडाको झोला वितरण गरेको छ । ‘सफा सुन्दर र सभ्यताको पहिचान, टोनपा वडा नं ८ सफा राख्ने हाम्रो अभियान’ भन्ने नाराका साथ पालिकाले झोला वितरण गरेको छ।
वडा कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेरै स्थानीय बासिन्दालाई झोला वितरण गरेको छ । प्लाष्टिक झोला न्यूनीकरण प्रोत्साहन गर्नको लागि झोला वितरण गरेको वडाध्यक्ष रमेश खत्रीले जानकारी दिए। उनले कपडाको झोला प्रयोग गरि भविष्यमा प्लाष्टिक मुक्त वडा घोषणाका लागि सहयोग गर्ने उदेश्यले झोला वितरण गरेको बताए।
उनले झोला वितरण कार्यक्रम निरन्तर हुने भएकोले आवश्यक पर्दा कार्यालयमा आएर झोला लिन समेत स्थानीयलाई आग्रह गरेका छन्।