डडेलधुरा। छिमेकि जिल्ला कञ्चनपुरलाई जोड्ने सडक गौरीखान चुनेपानी सडक पहिरोले अवरुद्ध हुँदा त्याहाँका स्थानीयहरु विरामी हुँदा अस्पताल पुर्याउन नै समस्या परेको छ । वर्षातमा सडकको धेरै भागहरु खहरे खोलाले कटान गरी लग्ने र सडकको अधिकांश भागमा पहिरो गएकोले त्याहाँका स्थानीयबासीहरु जङ्गलको बाटो ६ घण्टा पैदलयात्रा गरी कञ्चनपुर जान बाँध्य भएका छन् ।
दैनिक उपभोग्य र औषधी उपचारको लागि पनि सडक अवरुद्ध भएपछि त्याहाँको बासीन्दाले सास्ती खेप्नु परेको छ। त्यतीमात्र नभएर बसेनीखोलाको वारीपारी बर्षेनी पहिरो जानाले त्याहाँका विधार्थीहरुलाई विधालय जान पनि समस्या परेको छ । सडक निर्माणको लागी स्थानीय र केन्द्रिय सरकारलाई बारम्बार अनुरोध गर्दा पनि कसैले त्यसप्रति ध्यान नदिएपनि त्याहाँका स्थानीयले सास्ती खेप्नु परेको हो ।