काठमाडौं। नेपालको सबैभन्दा ठुलो भु–भाग भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा पालिका रहेको छ। त्यसमध्ये पनि हालसम्म १० वटा पालिका सडकविहिन छन्। सदरमुकाममा गाडी पुगेको १० वर्ष वितिसक्दा पनि सदरमुकाम नजिकैको खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा अहिलेसम्म सडकको पहुँच पुगेको छैन्।
भौगोलिक विकटता र रारा राष्ट्रिय निकुञ्जका कारण खत्याड र मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालसँग जोडिन नसकेको मुगुका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। मुगुको छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिका मात्रै सडक सञ्जालसँग जोडिएका छन्। सडक नपुगेका १० पालिका मध्ये मुगुमा २, कालिकोटमा २ र डोल्पामा ६ वटा पालिका रहेका छन्।
कर्णाली प्रमुख पर्यटकीय स्थल भएकोले नाग्म–गमगढी सडकमा दैनिक सयौँ सवारी साधनहरु गुड्छन। १० वर्ष अगाडी नै खोलिएको साँघुरो सडक फराकिलो नहुँदा जोखिपुर्ण यात्रा गर्न बाँध्यता रहेको छ।