मोरङ। मोरङको बेलबारी नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रममा सूचीकृत हुन नगरबासीलाई आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरबासीलाई सूचीकृत हुन आग्रह गरेको हो।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ बमोजिम लाभग्राहीको सूचीमा सूचीकृत हुन योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ। पालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
आवश्यक कागजातसहित आवेदन दिन दिएका व्यक्तिलाई प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ ।