डडेलधुरा। जिल्लाको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर देउवाले पालिका भित्रका निर्माणाधीन कार्यहरुको अनुगमन गरेका छन्। गाउँपालिकाका कार्यबाहक अध्यक्ष देउवासहितको टोलीले बिहिबार स्थलगत अनुगमन गरेको हो।
अनुगमनमा गाउँपालिकाको प्रशासकिय भवनको पहिलो तलाको ढलानको कार्य सुरु भएको अध्यक्ष देउवाले बताए ।
आदित्य आधारभूत विद्यालयको दुई कोठे भवन र खानेपानी योजनाको काम सुचारू भएको पालिकाले जनाएको छ। समैजी आधारभुत विद्यालय गौलिगाउँको दुई कोठे भवनको ढलान कार्य सम्पन्न भएको छ ।
लाटामाण्डौं आधारभुत विद्यालय रुमायलको फिल्ड निर्माण कार्य सुरु भएको छ । यस्तै अनुगमनमा कुलेडी खेलकुद मैदानको काम सुचारु गरिएको पाइएको छ। लाटा गन्याप प्राथमिक विद्यालय मालीगाउँको दुई कोठे भवन निर्माणको काम सुचारु भएको गाउँपालिकाले जनाएको छ ।