काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि रात्रिकालिन निगरानी गर्न सुरु गरेको छ। रातको समयमा तोकिएको स्थानभन्दा अन्यत्र जथाभावी फोहोर फाल्ने बढेपछि महानगरले रात्रिकालिन अनुगमन सुरु गरेको हो।
यसैक्रममा महानगरले बुधबार राति कुलेश्वर क्षेत्रबाट एक जनालाई रंगेहात पक्राउ गरेको छ। कारमा ल्याएर बोराको फोहोर फाल्दै गर्दा महानगरको टोलिले पक्राउ गरेको हो।
मध्यरातमा कसैले देख्दैन सोचेर गाडीमै ल्याएर जथाभावी फोहोर फाल्नेलाई रात्रिकालिन अनुगमन टोलिले कारबाही समेत गरेको छ। उक्त कारवालालाई महानगरले जरिवाना असुल गरी फोहोर जथाभावी नफाल्ने सर्तमा रिहा गरेको छ।
जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार असुल गरिसकेको छ ।