नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुनःनिर्माण हुने भएको छ। उपमहानगरपालिकाले बजेट विनियोजन गरेसँगै मन्दिर पुनःनिर्माण हुने भएको हो।
मन्दिर पुनःनिर्माणका लागि उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ।
जुङ्गे महादेवको प्रतिमा रहेको सो मन्दिर तालमाथि रहेको छ। मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । एक वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको उनको भनाइ छ ।