कास्की। गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा.कृष्ण देवकोटाले सपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई सपथ गराएका हुन्।
गोरखा पालुङटार–३ घर भएका देवकोटालाई सरकारले आइतबार आयोगको उपाध्यक्षमा पदमा नियुक्त गरेको थियो । उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य नियुक्त हुन बाँकी छ ।