नुवाकोट। नुवाकोट जिल्लाको तादी गाउँपालिका–१ उर्लेनी र वडा नम्बर–३ खरानीटार जोड्ने दोर्खु खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुलको उद्घाटन गरेका हुन्।
पुल उद्घाटनका क्रममा मुख्यमन्त्री जमकट्टेलले सडक सुधारका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पूर्वाधार विकासका लागि प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।
तादी गाउँपालिकाको कार्यालयदेखि उत्तरी भेगमा पर्ने उर्लेनी ७ किमीको दूरीमा रहेको छ । उक्त पुलले वडा नम्बर–१ को काल्चे र ओख्रेबस्तीलाई जोड्ने र यातायातको साधन सहजता आउने स्थानीयको विश्वास छ ।