झापा। झापाको बिर्तामोड नगरपालिकामा नमुना सडक निर्माण गर्न सुरु गरिएको छ।
विश्व बैङ्कको ५१ करोड २९ लाख लागतमा नगरपालिकाको नगर गौरवको आयोजनाका रूपमा स्वीकृत भएको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नतिसहितको नमुना सडक बनाउन सुरु गरिएको हो।
नगरपालिका प्रमुख पवित्रादेवी महतराले उक्त सडक निर्माणका लागि शिलान्यास गरेकी छन्।
दुई वर्षभित्र सडकको स्तरोन्नति सम्पन्न हुनेछ । १२ मिटर चौडाइ रहेको यो सडकलाई सात मिटरमा कालोपत्रे गरिने नगरपालिकाले जनाएको छ । सडकको दायाँबायाँ व्यवस्थित ढल पनि निर्माण, सडकको दुवैतर्फ सडक बत्ती, फूलबारी र फुटपाथ रहने जनाइएको छ । यो सडक नमुना बन्ने विश्वास महतराको छ ।