काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति प्राप्त गरेको छ। विद्युत नियमन आयोगबाट कम्पनीले जेठ ५ गते शतप्रतिशत हकप्रद जारी गर्ने स्वीकृति पाएको हो।
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रहेको छ। कम्पनीले सोही बराबरको हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको विद्युत नियमन आयोगले जनाएको छ।
हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार पुग्ने छ। कम्पनीले अब हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभाको प्रस्तावमा लैजाने छ।
सभाबाट पारित भइसकेपछि हकप्रदका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ। यो कम्पनीले पछिल्लो १० आर्थिक वर्षमा लगानीकर्ताहरुलाई ५ देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्दै आइरहेको छ।