भोजपुर। हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम तीव्र गतिमा अघि बढिरहेको छ। कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको सडकको काम हालसम्म ७० प्रतिशत पूरा भएको हो।
पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रूपैयाँ लागतमा सडकको निर्माण भइरहेको छ। यो सातादेखि पहिलो चरणमा ५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।
यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने छ । निर्माण कम्पनी रायामाझी, आजादले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको जनाएको छ।