काठमाडौं। विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ। शुक्रबार विराटनगरबाट काठमाडौं उडेको ७२ सिट क्षमताको जहाज भैरहवामा अवतरण भएको हो।
काठमाडौं विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको विमानस्थल स्रोतले जनाएको छ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ । राती ८ बजे विराटनगरबाट उडेको विमान ९२५ मा भैरहवामा अवतरण भएको हो ।