कास्की । गण्डकी प्रदेशमै पहिलो पटक अमेरिकन प्रविधिबाट भटिकल्ली कास्ट गरिएको हुयमपाइपको उत्पादन गर्न शुरु भएको छ । गण्डकी हुयुमपाइप उद्योग प्रा.लि.ले ९ करोड लागतमा यो प्रविधि भित्र्याएको हो ।
यस प्रविधिबाट एन पि ३ २ एन पि ४ ग्रेडका ३ सय एएम देखि १६ सय मिमि सम्मका स्पिगट एण्ड सकेट सहितको ह्युमपाइप उत्पादन हुने कम्पनीका टेक्निकल डाइरेक्टर इ. प्रतिक अधिकारीले जानकारी दिनुभयो ।
परम्परागत स्पन गरि कास्ट गरिने ह्युमपाइप भन्दा यो नयाँ प्रविधिबाट उत्पादन हुने ह्युमपाइपको गुणस्तर उच्च हुने र प्रयोगकर्तालाई जडानका निम्ति पनि सजिलो हुने कम्पनीले जनाएको छ । आइ.एस.ओ ९००१:२००८ प्रमाणित सो कम्पनीले ह्युमपाइप सहित डेलिबेटर पोष्ट, सिमेन्टका रिङ, कर्भ स्टोनलगायतका कंक्रीट सामाग्री उत्पादन गर्दै आएको छ ।