काठमाडौँ। सुर्खेत विमानस्थल रनवे मर्मत सम्भारका लागि मंसिर १० गतेदेखि देखि केही साता बन्द हुने भएको छ। विमानको धावनमार्ग तथा भौतिक संरचना मर्मत गर्नुपर्ने भएकाले केही समय विमानस्थल बन्द हुने भएको हो।
सुर्खेत विमानस्थल बन्द हुने भएपछि हवाई सेवा कम्पनी बुद्ध एयरले नेपालगन्जमा उडान संख्या थपेको छ। जसमा दैनिक ५ उडान गरेको बुद्धले १ उडान संख्या थप गरेर दैनिक ६ उडान गर्ने जानकारी दिएको छ। विमानस्थल बन्द हुने भएपछि सर्वसाधारणलाई समस्या पर्ने भएको कारणले गर्दा हवाई सेवा कम्पनी बुद्ध एयरले नेपालगन्जले उडान संख्या थप गरेको हो।