म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन्। गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा र वडा नं ५ को झिँमामा चिस्यान गृह निर्माण गरेको हो ।
भगवतीको चिस्यान गृहको क्षमता २५ हजार किलोग्राम छ भने झिँमाको चिस्यान गृहको क्षमता २० हजार किलोग्राम रहेको छ।
कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान गृह बनाइएको गाउँपालिकाले जनाएको छ।
झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको हो भने भगवतीको चिस्यान गृह ७९ लाख ७० हजारमा निर्माण भएको हो।