काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले विद्युतीय सवारीसाधनमा लगाइएको कर घटाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै लिङ्देनले विद्युतीय सवारीको कर घटाउन माग गरेका हुन्।
उनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावबारे सोच्नुपर्ने बताएका छन्। उनले बजेट अनुदान र ऋणमा आधारित रहेको बताए। यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने सांसद लिङ्देनको भनाइ छ।
लिङ्देनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव समेत दिएका छन्।