म्याग्दी। कालीगण्डकी नदीमा तोकिएको समय भन्दा अगाडीनै पुल निर्माण सम्पन्न भएको छ। म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा समय भन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको हो।
उक्त पुल निर्माणको जिम्मा विसं २०७९ फागुन बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले रु दुई करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो। सो पुलको लम्बाई ४५ मिटर रहेको छ।
तोकिएको समय भन्दा अगावै पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आईसकेको बताइएको छ। प्राविधिक मूल्याङ्कन र नापजाँचको काम बाँकी छ। हिमालयन बिल्डर्सले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्यअघि नै पुल निर्माण गर्न सफल भएको बताएको छ।
धेरै योजनाहरु समयमा निर्माण सम्पन्न नभको समाचारहरु अईरहेको अवस्थामा तोकिएको समय भन्दा एक महिना अगाडी नै निर्माण सम्पन्न गरेर पुल सञ्चालनमा आउनु एउटा गौरवको बिषय पनि हो। पुल नहुँदा लामो समयदेखि दुख भोग्दै आएका स्थानीय पनि पुल निर्माण सम्पन्न समयमै भएपछि खुशी भएका छन्।