काठमाडौं। नेपाल राष्ट्र बैंकले आज साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिज जारी गर्दैछ। बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो।
२८ दिन अवधिको ट्रेजरी असार २६ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ २६ गते, १८२ दिन अवधिको मंसिर २६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुने बैंकले जनाएको छ।
यसअघि बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।