काठमाडौं । सूर्यविनायक नगरपालिका–८ जगाती, बाँसिडोल हुँदै सिपाडोल (भक्तपुर इँटा टायल पर्खालसँगै) जाने आठ मिटर चौडा सडक विस्तार र स्तरोन्नति शुरु भएको छ । सरकारको ४५ लाख उपभोक्ताको ५५ लाखको लागतमा निर्माण शुरु भएको सो सडकको नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शिलान्यास गरेका छन् ।
त्यसैगरी सुनपा–८ सिपाडोल वडा कार्यालयबाट नैचाल बोकाचो गढी जाने सडकको पनि शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापा र वडा नं ८ का वडाध्यक्ष किरण थापाले शिलान्यास गरेको यस सडकको निर्माण सहरी विकास मन्त्रालयको रु ४५ लाखको लागतमा हुनेछ।