काठमाडौं। फेवातालको अतिक्रमित संरचना भत्काउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतको संयुक्त इजलासले अन्तिम आदेश दिँदै अवैध संरचना खाली गर्न आदेश दिएको हो।
अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको तीनवटा रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयालको इजलासबाट यस्तो आदेश आएको हो। सुवेदीले दायर गरेको दुईवटा उत्प्रेषण र एउटा अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोमबार फैसला भएको छ । १६ साउन ०७६ मा दर्ता भएको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला भए पनि बाँकी दुवै रिट जारी भएका छन् ।